लम्की बहुमुखी क्याम्पसका प्रमुख सहितका तिन जनाको अपहरण नभई नाटक मात्रै गरिएको कैलाली प्रहरीको दावी

0

दीपक जोशी, धनगढी ०६ फागुन ।

विप्लव माओवादी निकट अखिल क्रान्तिकारीको अपहरणमा परेका भनिएका लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीनैजना बिहीबार मुक्त भएका छन् । क्याम्पस प्रमुख भिष्म थापा, सहायक प्रमुख तथा निर्वाचन अधिकृत कमल विष्ट र उपप्राध्यापक अमर रावल बुधबार अखिल क्रान्तिकारीको अपहरणमा परेको भनिएको थियो ।

तर कैलाली प्रहरीले भने लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखसहित तीनैजना अपहरणमा परेको नभई अपहरणमा परेको नाटक मात्रै गरिएको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले बिहिबार प्रेस बिज्ञेप्ती जारी गर्दै लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहितका तिनै जना व्यक्तीहरुको अपहरण गरिएको नभई अपहरणको नाटक मात्रै गरिएको जनाएको छ ।

बुधवार बेलुकी देखी बिप्लब निटक अखिल क्रान्तीकारीले अपरहण गरेको भनिएका लम्की बुहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भिष्म थापा, सहायक प्रमुख तथा निर्वाचन अधिकृत कमल विष्ट र उपप्राध्यापक अमर रावलको अपहरण नभई अपहरणको नाटक मात्रै गरिएको प्रहरीले आरोप लगाएको हो । तिनै जना शिक्षकहरु विप्लव माओवादी समर्थित भएकाले स्ववियु निर्वाचन हुन नदिन नाटक गरेको प्रहरीले आरोप लगाएको छ ।

क्याम्पस प्रमुख सहित तिनै जना अपहरण गरिएको भन्दै कसैले प्रहरीमा उजुरी नदिनु र तिनै जना परिवारको नियमित सम्पर्कमा रहनुले उनिहरुको अपहरणको नाटक मात्रै गरिएको प्रहरीको दावी छ । क्याम्पस प्रमुख भिष्म थापाले विप्लव माओवादी विद्यार्थी संगठनले स्ववियु निर्वाचनका लागि ७ बुँदे माग राखेकाले वार्ता गर्न भनेर मोटरसाइकलमा गएको र केहि छिनमै मोबाइल स्विच अफ गरेर बसेको आरोप प्रहरीको छ ।

आफै मोटरसाइकल चलाएर हिँडेका थापाले बाटोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई भेटेर वार्ता गर्न सुखडमा रहेको माघि होमस्टे जान लागेको बताएका प्रहरीको दावी छ । बिप्लब निटक क्रान्तीकारीका बिद्यार्थी नेताहरुसंग बार्ता गर्नुछ भन्दै तिनै जना आफै मोटरसाईकल चलाएर  हिडेको व्यवस्थापन समितिका अध्यक्ष देवानन्द जैशीले बताउनुभयो ।

विप्लव माओवादी निकट अखिल क्रान्तिकारीको अपहरणमा परेका भनिएका लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीनैजना बिहीबार बेलुकी मुक्त भएका छन । तर बिप्लब निकट अखिल क्रान्तीकारीले भने तिनै जनालाई आफुहरुले अपहरण गरेको नभई छलफलका लागि नियन्त्रणमा लिएको दावी गरेको छ । क्याम्पसमा स्वबियुको निर्वाचन प्रक्रिया रद्ध गर्न उनिहरुलाई नियन्त्रणमा लिएको बिप्लब निकट अखिल क्रान्तीकारीका कैलाली जिल्ला अध्यक्ष बिरेन्द्र बिकले बताउनुभयो ।

Share.

About Author

Leave A Reply