मार्चदेखि गेटा मेडीकल कलेज भवनको, निर्माण सुरु हुने

0

शिबराज भट्ट, धनगढी ६ फागुन ।

कैलालीको गेटामा निर्माण हुने सहिद दसरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा गेटा मेडिकल कजेलको, कलेज भवनको ठेक्का सम्झौता भएको छ । कलेज भवन निर्माणका लागि लुम्बीनी–रमन–केएस जेभीले ५८ करोड १४ लाखमा ठेक्का पाएको हो ।

01-geta-medical

मेडिकल कलेजको, कलेज भवन यसै मार्चदेखि निर्माण सुरु गरी दुई वर्षभीत्र निर्माण सम्पन्न गर्ने समय तोकिएको छ । निर्माण कम्पनीले पनि, सम्झौतामा तोकिएको समय अथवा मार्च देखि निर्माण काम सुरु गर्ने जनाएको छ ।

कलेज भवनको निर्माणको ठेक्का पाएको साझेदार कम्पनी केएस कन्सट्रक्सनका सञ्चालक भीमबहादुर पालले मार्च देखि निर्माण काम सुरु गर्ने बताउनुभयो । ‘यो सबैको चासोको विषय भएकाले पनि पयसलाई हामीले प्रार्थमिकतामा राखेका छौं’ निर्माण ब्यवसायी पालले भने ।

पालले आफु पनि सुदूरपश्चिम क्षेत्रको भएकाले, यस क्षेत्रबाट सुत्केरीका लागि पनि मध्यपश्चिम जानुपर्ने बाध्यता भोगेकाले समयमै निर्माण सक्ने लक्ष्यका साथ काम गर्ने बताउनुभयो । यस्तै अस्पताल भवनको पनि यही माघ २८ गते टेन्डर खुलेको छ । माघमा टेन्डर खुलेपछि चैत÷ बैशाखदेखि अस्पताल भवनको पनि निर्माण सुरु हुने कार्यकारी निर्देशक हेमराज पुजाराले जानकारी दिनुभयो ।

तर, अहिले टेन्डर मुल्यांकनकै चरणमा रहेकाले, कसले पायो ? भन्ने कुरा भने भन्न नसकिने उहाँले बताउनुभयो । अबको एक हप्तभीत्रै अस्पताल भवन निर्माण कम्पनीको पनि टुंगो लाग्ने उहाँले बताउनुभयो ।

Share.

About Author

Leave A Reply