धनगढी इञ्जीनियरिङ्ग कलेजमा ईन्जिनियरिङ पढिरहेका विद्यार्थी भुकम्प प्रभावित क्षेत्रको पुर्ननिर्माणमा खटिने

0

एफ एम सम्वाददाता, ०६ फागुन ।

देशभरका सिभिल इञ्जीनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुलाई पुर्ननिर्माणमा खटाउने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको निर्णय अनुसार पोखरा विश्वविद्यालय अन्तर्गतको धनगढी इञ्जीनियरिङ्ग कलेजले ४५ जना विद्यार्थीहरुलाई पुर्ननिर्माण अभियानमा खटाउने भएको छ ।

सोही अनुसार धनगढी इञ्जीनियरिङ्ग कलेजका सिभिल इञ्जीनियरिङ्ग विषयका अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई बिहिवारदेखि भुकम्प प्रतिराधात्मक भवन निर्माण विधीबारे सात दिने तालिम समेत शुरु भएको छ ।

विद्यार्थीहरुको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले देशमा अहिले पुननिर्माणको आवश्यकता रहेको बताउनुहुदै पढाईकै दौरानमा अभ्यासको मौका पाएको भन्दै विधार्थिहरुलाई शुभकामना दिनुभयो । कलेजका प्राचार्य शिवहरी मुडभरीले फिल्डमा ईमान्दारीता र ब्यवसायिक भई काम गर्न सुझाव दिनुभयो ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका तर्फबाट सम्बन्धीत योजनाका राष्ट्रिय कार्यक्रम संयोजक इन्जिनियर जनकराज जोशीले प्राधिकरणको आग्रह बमोजिम नेपालमा पहिलो पटक पोखरा विश्वविद्यालयले विद्यार्थीहरुलाई स्वयंसेवकका रुपमा खटाएकोले र अरु विश्वविद्यालयका विद्यार्थीहरुलाई पनि खटाउन प्रेरणा मिल्ने बताउनुभयो ।

विधार्थिहरुलाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका तर्फबाट सम्बन्धीत योजनाका राष्ट्रिय कार्यक्रम संयोजक ईन्जीनियर जनकराज जोशी, नेपाल इन्जीनियर्स यसोसियसनका कैलाली जिल्लाबाट इन्जीनियर नविनचन्द्र जोशी तथा कलेज अन्र्तगत सम्बनिधत कार्यक्रम संयोजक लव जोशीको टोलिले तालिम तथा प्रशिक्षण दिनु हुनेछ । एक हप्ते तालिमपछि विद्यार्थीहरु भुकम्प अति प्रभावित जिल्लाहरुमा तिन हप्ताका लागि पठाइने कलेजले जनाएको छ ।

Share.

About Author

Leave A Reply