क्यास्पीयन कप अन्तरगत आज भएका खेलमा एरिष्टो, स्टेपीङ स्टोन र पञ्चोदय उच्चमावी विजयी

0

नवराज पनेरु, धनगढी ०६ फागुन ।

अन्तर विद्यालय क्रिकेट प्रतियोगिता क्यास्पीयन कपको पाँचौ संस्करण अन्तरगत बिहीवार भएका खेलमा एरिष्टो, स्टेपीङ स्टोन र पञ्चोदय उच्चमावी विजयी भएका छन् । प्रतियोगीताको तेश्रो दिनको पहिलो खेलमा एरिष्टो इङलीस बोर्डीङ स्कुलले नवजिवन माविलाई ६ विकेटले पाखा लगायो ।

टस जितेर व्याटीङ गरेको नवजिवनले निर्धारीत १० ओभरमा ९ विकेट गुमाउदै ५४ रन बनायो । ५५ रको विजयी लक्ष्य सहित मैदान उत्रीएको एरिष्टोले ४ ओभमार ४ विकेट गुमाउदै लक्ष्य भेटाएको हो । बिहीवारै भएको दोश्रो खेलमा स्टेपीङ स्टोनले धनगढी उच्चमावीलाई २५ रनले पराजीत गरेको छ । टस जितेर व्याटीङ गरेको स्टेपीङ स्टोनले निर्धारीत १० ओभमा ९ विकेटको क्षतीमा ७५ रन बनायो ।

जवाफमा धनगढी उच्च माविले ८ ओभर खेल्दै सबै विकेटको क्षतीमा ५० रन मात्र बनाउन सक्यो । बिहीवारै भएको तेश्रो तथा अन्तीम खेलमा पञ्चोदय उच्चमाविले गार्डनर स्कुललाई ७८ रनको फराकीलो अन्तरले पराजीत गरेको छ । टस जितेर व्याटीङ गरेको पञ्चोदयले निर्धारीत १० ओभरमा ४ विकेटको क्षतीमा एक सय २८ रन बनायो । १ सय २९ रनको  विजयी लक्ष्य सहित मैदान उत्रिएको गार्डनरले निर्धारीत १० ओभरमा ७ विकेट गुमाउदै ५० रन मात्रै बनाउन सक्यो ।

यस्तै दोश्रो खेलमा पराजीत भएपछि धनगढी उच्चमावीका विद्यार्थीले प्रतिद्धन्द्धी स्टेपीङ स्टोनका खेलाडीमाथी हातपात गरेका छन् । कुटपिटमा घाईते पाँचजनाको सेती अञ्चल अस्पतालमा उपचार गरिएको छ । ८ कक्षा सम्मका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको क्यास्पीन कपमा धनगढी, अत्तरीया लगायतका क्षेत्रका २० वटा विद्यालयको सहभागीता रहेको आयोजक क्यास्पीयन एकेडेमीले जनाएको छ ।

यो पनी पढ्नुहोस  ।
शुक्रवार देखी धनगढीमा एलपीएल ड्रिम सिरिज सुरु

धनगढीमा क्यास्पीयन एकेडेमी सञ्चालन भईरहेका बेला शुक्रवार देखी एलपीएल ड्रिम सिरीज पनि सुरुहुने भएको छ । धनगढी स्थित लिटल फ्लावर इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा १९ बर्ष मुनीका खेलाडीका लागी एलपीएल ड्रिम ट्राइ सिरिज २०१७ यू १९ क्रिकेट प्रतियोगिता हुने भएको हो ।

प्रतियोगीतामा, माघ ५ गते देखी १५ गते सम्म सञ्चालन भएको लिटल फ्लावर प्रिमियर लिग प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु सम्मिलित गरी बनाईएको लिटर फ्लावर ड्रिम टिम, कैलाली जिल्ला क्रिकेट प्रशिक्षण केन्द्र र धनगढी क्रिकेट एकेडेमी बिच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको विजेताले १० हजार नगद हात पार्ने छ भने उत्कृष्ट बलर, फिल्डर, ब्याट्सम्यानलाई ४ हजार ५ सय र म्यान अफ द सिरिज हुने खेलाडीले २ हजार ५ सय पुरस्कार प्राप्त गरीने छ ।

प्रतियोगिता, धनगढी स्थित बोराडाँडीमा रहेको फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने लिट्ल फ्लवार बोडिङ्ग स्कुलका संस्थापक प्रिन्सिपल रामचन्द्र शाहीले जानकारी दिनुभयो । सिरिजको पहिलो खेल लिटल फ्लावर ड्रिम टिम र कैलाली जिल्ला क्रिकेट एकेडेमी बिच हुनेछ ।

Share.

About Author

Leave A Reply