कैलालीमा साढे ५ सय घर निर्माण गरीने

0

नवराज पनेरु, धनगढी फागुन ०६
आर्थिक रुपमा विपन्न र गरिबीको रेखामुनि रहेका नागरिकको भौतिक अवस्थामा सुधार, स्वास्थ्य र सुरक्षित आवासमा पहुँच बढाउन यस आर्थीक बर्षमा कैलालीमा जनता आवास कार्यक्रम सुरु भएको छ ।

आर्थीक बर्ष २०६६÷०६७ सालदेखी सुरु भएको जनता आवास कार्यक्रम अन्तरगत यसअघि कैलालीमा झण्डै ढाई सयको हाराहारीमा घर निर्माण भईसकेका छन् भने यस आर्थीक बर्षमा ५ सय ५० घर निर्माण गरीने भएको हो ।

यस्तै सासंद ईश्वरी न्यौपानेको संयोजकत्वमा गठन गरेको जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिको विहीवार धनगढीमा बसेको बैठकले कार्यक्रम सञ्चालन हुने स्थान तय गरेको छ । तिन जना सासंद, जिल्ला प्रशासन, जिल्ला विकास समिती, मालपोत, वन, नापी लगायत कार्यालयका प्रतिनिधि सदस्य रहेको समितिको बैठकले जनताको आवास कार्यक्रम अन्तरगत निर्माण गरीने घरका लागी स्थान निर्धारण गरेको हो ।

बादी र राजी समुदायलाई प्राथमीकतामा राख्दै जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिको बैठकले स्थान छनौट गरेको हो । आवास विहीनलाई आवास उपलब्ध गराउने उद्देश्य अन्तर्गत ‘जनता आवास कार्यक्रम’ ल्याइएको थियो ।

आवास विहीन सिमान्तकृत, दलित र विपन्न, मुस्लिम समुुदायलाई बसोवासका लागि आवास उपलब्ध गराउने उद्देश्य सहित सञ्चालनमा ल्याइएको ‘जनता आवास कार्यक्रम’ मार्फत घर निर्माणका लागी विहीवार मात्रै स्थान छनौट गरीएको जनता आवास कार्यक्रम जिल्ला समन्वय समिति कैलालीकी संयोजक तथा सासंद ईश्वरी न्यौपानेले बताउनुभयो ।

यस आर्थीक बर्षमा जनता आवास कार्यक्रम अन्तरगत कैलालीमा निर्माण गरीने साढे ५ सय नयाँ घर मध्ये ५ सय विपन्न र ५० वटा बादी, राजी, गन्धर्व र लोध समुदायका घर बनाईने छन । गन्धर्व, बादी, राजी र लोधका ५० वटा घर जिल्लाको सक्ति टिकापुर, पथरैया, मुडा, भजनी त्रिशक्ती नगरपालीका, धनगढी उप–महानगरपालीकाको मनहेरा र फुलवारी तथा लालबोझीमा निर्माण गरीने छन् ।

यस्तै अन्य विपन्न बर्गका ५ सय घर अत्तरीया, चौमाला, लम्की, गोदावरी, मुडा, टिकापुर, भजनी त्रिशक्ती, थापापुर, मसुरीया र सुगरखालमा निर्माण गरीने जनताको आवास कार्यक्रमको सदस्य सचिव रहेको निकाय सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय कैलालीका ईन्जीनियर मोहन अवस्थीले बताउनुभयो ।

कार्यक्रम मार्फत सरकारले तोकेको मापदण्ड अनुसार एउटा घर बनाउन चार किस्तामा लाभग्राहीलाई दुईलाख १६ हजार रुपैयाँ अनुदान उपलब्ध गराइने छ । समन्वय समितिको निर्णय अनुसार कार्यक्रम लागू हुने क्षेत्रमा विपन्नको पहिचानका लागि घरधुरी सर्वेक्षणको काम सुरु गरिने छ । अनुदान पाउने लाभग्र्राहीको घडेरी हुनुपर्ने र शौचालय आफूले बनाउनुपर्ने व्यवस्था रहेको जिल्ला समुन्वय समितीका सदस्य तथा सासंद मोहनसिह राठौरले बताउनुभयो ।

जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७३ मा लाभग्र्राहीको घडेरी हुनुपर्ने र शौचालय आफूले बनाउनुपर्ने व्यवस्था छ । तर कैलाली जिल्लामा धेरै सिमान्तकृत र विपन्न समुदायसंग घडेरी नभएका कारण आवास निर्माणका लागी छनौट गर्न चुनौतीपुर्ण देखीएको छ । धेरै विपन्न र सिमान्तकृत समुदाय अहिले पनि बन, नगर विकास लगायत अन्य पर्ती जग्गामा बसीरहेकाले उनिहरुसंग लालपुर्जा छैन् ।

कैलाली र कञ्चनपुर जिल्लाका बादी समुदायले ऐलानी जग्गामा बसीरहेका बादी समुदायलाई पनि जनताको आवास कार्यक्रममा समावेश गरीनु माग गर्दै कार्यक्रमको सदस्य सचिव रहेको निकाय सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय धनगढी घेराउ गरेका छन् । बादी अगुवा रमा बादीले कैलाली, कञ्चनपुरमा सबैभन्दा बढि बादी समुदाय नै पिछडीएकाले ऐलानी जग्गामा बसीरहेका बादीहरुलाई सोही स्थानमा घर निर्माण गरीदिनुपर्ने माग गर्नुभयो ।

कैलाली र कञ्चनपुर जिल्लाका विभीन्न स्थानमा बसोबास गरीरहेका झण्डै डेढ सयको सङख्यामा आएका बादी समुदायले शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न  र  सामाजिक  सुरक्षामा  विशेष  अवसर  तथा  लाभ  पाउने  हक भएकाले उक्त हक पाउनुपर्ने माग गरेका छन् ।

Share.

About Author

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved