डडेल्धुरामा उग्रतारा यातायातको जीप दुर्घटना हुँदा सातजनाको ज्यान गयो

0

शिबराज भट्ट, धनगढी ०५ फागुन ।

डडेल्धुराको भागेश्वर गाविसमा भएको जीप दुर्घटनामा मृतकको संख्या सात पुगेको छ भने पाँच जना घाईते भएका छन । डडेल्धुराको भागेश्वरबाट जिल्ला सदरमुकाम अमरगढीतर्फ यात्रु बोकेर आईरहेको उग्रतारा यातायातको जीप बुधवार दिउसो पौने १२ बजेतिर सदरमुकादेखि झण्डै ५÷६ किलोमिटरको दुरीमा, अमरगढी नगरपालिकाको वडा नंं ३ ठुलोखोला नजिकै सडकबाट झण्डै डेढसय मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालयय डडेल्धुराले दिएको जानकारी अनुसार दुर्घटनामा सात जनाको ज्यान गएको छ । प्रहरीले डडेल्धुराको भागेश्वर गाविस ४ का गणेश सार्की, लक्ष्मण भट्ट र जयानन्द भट्ट, यसै गरी भागेश्वर ५ का कामदेव चटौत र नरपती पाण्डे तथा भागेश्वर गाविस वडा नं. ७ का पदमबहादुर मल्लको मृत्यु भएको जनाएको छ ।

यी मध्ये, पाँच जनाको घटनास्थलमै र दुई जनाको उद्धार गरेर अस्पताल पुगाएपछि ज्यान गएको डडेल्धुराका प्रहरी नायव उपरिक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । यस्तै डडेल्धुराको बगरकोट गाविस ४ का भीमसिह ठगुन्ना, भागेश्वर ४ का रामेश्वर भट्ट, बैतडीको श्रीकेदार गाविसका किशोर भट्ट, भागेश्वर गाविस ४ का जानकी भट्ट र चालक कञ्चनपुरको झलारी पिपलाडी गाविस ७ का मदन साउद भने घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते मध्ये गम्भिर घाईते भीमसिह ठगुन्नालाई भने थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी नायव उपरिक्षक शाहीले जानकारी दिनुभयो । घाईते चार जनाको डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । चालकको अवस्था खतरामुक्त भएपनि, बोल्न नसकिरहेकाले दुर्घटनाको कारण भने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

Share.

About Author

Leave A Reply