क्यास्पीयन कप अनतरगत ऐश्वर्य, त्रिनगर र आयोजक क्यास्पीयन एकेडेमी विजयी

0

नवराज पनेरु, धनगढी ०५ फागुन ।

अन्तर विद्यालय क्रिकेट प्रतियोगिता क्यास्पीयन कपको पाँचौ सस्करण अन्तरगत बुधवार  भएका खेलमा ऐश्वर्या विद्या निकेतन, त्रिनगर उच्चमावी र आयोजक क्यास्पीयन एकेडेमी विजयी भएका छन् । बुधवार  भएको पहिलो खेलमा लिटील फ्लावरलाई ३ रनले पराजीत गर्दै ऐश्वर्या विजयी भएको छ ।

टस जितेर व्याटीङ गरेको ऐश्वर्याले निर्धारीत १० ओभरमा ५ विकेट गुमाउदै ८४ रन बनायो । ऐश्वर्याका लागी विरेन्द्र महरले ३२ रनको योगदान दिए । । ८५ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको लिटील फ्लावरले निर्धारीत १० ओभरमा ६ विकेट गुमाउदै ८१ रन मात्र बनाउन सकेपछि ३ रनको झिनो अन्तरले पराजीत हुन परेको हो ।

बुधवारनै भएको दोश्रो खेलमा त्रिनगर उच्चमावीले टस जितेर व्याटीङ गर्दै निर्धारी १० ओभरमा ९ विकेटको क्षतीमा ५१ रन बनायो । ५२ रनको लक्ष्य सहित मैदान उत्रिएको अत्तरीयाको एभरेष्टले निर्धारीत १० ओभरमा सबै विकेटको क्षतीमा ४७ रन मात्रै बनाउन सक्यो । बुधवारनै भएको तेश्रो तथा अन्तीम खेलमा आयोजक क्यास्पीयन एकेडेमीले अपी स्कुललाई १७ रनले पराजीत गरेको छ ।

टस हारेर व्याटीङको निम्तो पाएको क्यास्पीयनले निर्धारीत १० ओभरमा ५ विकेट गुमाउदै ८७ रन बनायो । ८८ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको अपि स्कुलले निर्धारीत १० ओभरमा ४ विकेट गुमाउदै ७० रन मात्रै बनाउन सक्यो । ८ कक्षा सम्मका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरीने क्यास्पीन कपमा २० वटा धनगढी, अत्तरीया लगायतका क्षेत्रका विद्यालयको सहभागीता रहेको छ । प्रतियोगीताको विजेताले नगद २५ हजार र उप–विजेताले १० हजारसंगै ट्रफी र प्रमाणपत्र पाउने छन् ।

Share.

About Author

Leave A Reply