कैलालीको पुरानो सदरमुकाम भजनीमा पहिलो पटक महोत्सव सुरु

0

दुर्गा देवकोटा, टीकापुर ०५ फागुन ।

पुल निर्माणको मुख्य माग राख्दै कैलालीको पुरानो सदरमुकाम भजनीमा बुधवार देखी भजनी त्रिशक्ति महोत्सव २०७३ सुरु भएको छ । महोत्सवको नेपाली कागे्रसका महामन्त्री डाक्टर सशांक कोइरालाले उद्घाटन गर्नुभयो ।

महोत्सव उद्घाटन गर्दै महामन्त्री कोइरालाले भजनी क्षेत्रको विकासका लागी पहल गर्ने आश्वासन दिनुभयो । कोइरालाले भजनी क्षेत्र प्रजातन्त्रका लागि लागिपरेको ठाउं भएको विपीले बताएको बताउंदै उहाले राजनीतिक परिस्थिति जटिल भएकोले प्रजातन्त्रलाई दिगो बनाउन नेपाली कांग्रेसलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

महोत्सवको उद्घाटन समारोहमा सांसद तथा नेपाली कांग्रेसका संसदीय दलका सचेतक ईश्वरी न्यौपाने, सांसद बुद्धिसागर चौधरी, राष्ट्रिय विकास परिषदका सदस्य तथा नेपाली कांग्रेस क्षेत्र नम्वर १ का महासमिति सदस्य डाक्टर रणबहादुर रावल लगायतले शुुभकामना मनतव्य व्यक्त गर्नुभयो ।

भजनी नगर उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सव १३ गतेसम्म संचालन हुनेछ । महोत्सवमा ३१ लाख खर्च हुने र एकलाख दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।

जिल्लाको पुरानो राजधानीको पहिचान र गुलरियाघाटमा पुल निर्माणको मुख्य माग गर्दै महोत्सव आयोजना गरिएको हो । महोत्सवले स्थानको पहिचान हुनेमा पनि स्थानीयको विश्वास छ ।

Share.

About Author

Leave A Reply