कर्मचारीको आन्दोलनलले स्थानीय निकाय ठप्प भएपछि अन्य कार्यालयको कामकाज पनि प्रभावीत

0

नवराज पनेरु, धनगढी ०५ फागुन ।

कैलालीमा कर्मचारीको आन्दोलनलले स्थानीय निकाय ठप्प भएपछि अन्य कार्यालयको कामकाज पनि नराम्ररी प्रभावीत भएको छ । नापी कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायतका अन्य कार्यालयको कामकाज पनि प्रभावीत भएको हो ।

स्थानीय निकायको सिफारीसले मात्रै सम्भव हुने काम स्थानीय निकाय बाहेकका अन्य कार्यालयहरुले पनि गर्न नसकेका हुन् । स्थानीय निकाय नै बन्द भएपछि विकास निर्माणका काम पनि प्रभावीत भएका छन् । सधै सेवाग्राहीको भिडभाड देखीने कैलाली जिल्ला मालपोत कार्यालयमा बुधवार दिउसो पुग्दा कार्यालय सुनसान जस्तै थियो ।

सेवाग्राहीको काममा व्यस्त रहने कर्मचारीहरु पनि सेवाग्राही नै नभएपछि फुर्सदीला देखीन्थे । जिल्ला विकास समिती, धनगढी उप–महानगरपालीका, नगरपालीकाहरु र गावीसहरुको काम बन्द गरीएपछि मालपोत कार्यालय लगभग बन्द गर्नुपर्ने अवस्था देखीएको छ । लिखत राजीनामा पारीत गर्दा, नामसारी, संसोधन, फोटो टाँस, नागरीकता नम्वर कायम गर्नका लागी स्थानीय निकायको सिफारीस आवश्यक पर्ने भएकाले अहिले यि सबै काम ठप्प भएको प्रमुख मालपोत अधिकृत विसनसिह थापाले बताउनुभयो ।

सेवाग्राहीको काम गरीदिने भन्दै नापी कार्यालय कैलालीमा पनि विचौलीयाहरुको चलखेलको दृष्य देखीन्थयो । तर स्थानीय निकाय बन्द भएपछि नापी कार्यालयमा पनि चहलपहल छैन् । जग्गा खरीद विक्री र पास गर्नका लागी स्थानीय निकायको सिफारीस आवश्यक पर्ने भएकाले नापी कार्यालयमा पनि अहिले हाल सावीकको मात्रै काम भईरहेको प्रमुख नापी अधिकृत ज्ञानेन्द्र कुमार विष्टले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा सबैभन्दा बढि भिडभाड हुने नागरीता फाट हो । तर स्थानीय निकाय बन्द भएसंगै प्रशासनको नागरीता फाट पनि बन्द भएको छ । नागरीता फाट नै बन्द भएपछि कर्मचारी पनि फुर्सदीला बनेको कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताउनुभयो ।

यस बाहेक सबैभन्दा प्रभाव विकास निर्माणका काममा पनि देखीएको छ । फागुनको महिनामा योजना सम्झौताको चटारो हुने गरेकोमा यही, समयमा नै स्थानीय निकाय बन्द भएपछि विकास निर्माणका योजनाहरुको काम पनि प्रभावीत भएको छ ।

Share.

About Author

Leave A Reply