धनगढी–राजघाट जोडने मोहना नदिको पुल आगार्मी आर्थीक बर्षको पौष मसान्त भित्रै निर्माण सम्पन्न हुने दावी

0

नवराज पनेरु, धनगढी ०४ फागुन ।

कैलालीको धनगढी र कञ्चनपुरको राजघाट जोड्ने मोहना नदि माथीको पुल आगामी आर्थीक बर्षको पौष मसान्त भित्रै निर्माण सम्पन्न हुने दावी गरीएको छ । मंगलवार दिनेश एफएमले पुल निर्माण स्थलमा रेकर्ड गरेको साझा मञ्च कार्यक्रममा सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख विनोद मौवार र निर्माणको ठेक्का पाएको एलिट एडभेन्चर जेभीका सञ्चालक चन्दशेखर मल्लले आगामी आथीृक बर्षको पौष मसान्त भित्रै पुल निर्माणको कार्य सम्पन्न हुने दावी गर्नुभएको हो ।

३६ महिना अथवा २०७४ सालको असारमा सक्ने लक्ष्य सहित पुलको निर्माण सुरु भएकोमा ३१ महिना सम्मको पुलको काममा खासै प्रगती भएको छैन । तर सडम डिभीजन र निर्माण व्यवसायीले निर्धारीत सयम भन्दा झण्डै ६ महिनापछि पुलको निर्माण सम्पन्न हुने दावी गर्नुभएको हो ।

कार्यक्रममा सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख विनोद मौवारले निर्माण व्यवसायीको लापरवाहीका कारण निर्धारीत सयममा पुल निर्माण नहुने बताउनुभयो । उहाँले अवपनि निर्माण व्यवसायीले पुल निर्माणमा लापरवाही गरे कारवाहीको प्रक्रिया अगाडी बढाउने बताउनुभयो । निर्माण व्यवसायी चन्द्रशेखर मल्लले केहि प्रावीधीक समस्यका कारण निर्धारीत समयमा निर्माण सम्पन्न गर्न नसकेपनि पौष मसान्त भित्रै निर्माण सक्ने दावी गर्नुभयो ।

२०७१ सालको असारमा एलीट एडभेन्चर जेभीले ७ करोड ४५ लाखको लागतमा पुल निर्माणको ठेक्का पाएको थियो । निर्माण कम्पनीले निर्माणको ३० प्रतिसत प्रगती भएको दाबी गरिरहेको भएपनि स्थानीयले भने पुल निर्माणको अवस्थाका बारेमा असन्तुष्टी व्यक्त गर्दै आएका छन् । कार्यक्रममा सहभागीहरुले निमाृण व्यवसायी र सडक डिभीजनलले पटक–पटक गरेको आश्वासन अहिले सम्म पनि पुरा नभएकाले अहिले गरेको प्रतिवद्धता पनि पुरा हुनेमा आसंका गरेका छन् ।

Share.

About Author

Leave A Reply