क्यास्पीयन कपको पाँचौ सस्करण धनगढीमा सुरु÷ज्ञान निकेतनलाई पराजीत गर्दै फारवेष्ट उच्चमावीद्वारा विजयी सुरुवात

0

नवराज पनेरु, धनगढी ०४ फागुन ।

प्रत्येक वर्ष आयोजना हुदै आएको अन्तर विद्यालय क्रिकेट प्रतियोगिता क्यास्पीयन कपको पाँचौ सस्करण मंगलवार देखी सुरु भएको छ । कैलाली क्षेत्र नम्वर ६ का सासंद पुष्करनाथ ओझाले प्रतियोगीताको एक कार्यक्रमका विच उद्धघाटन गर्नुभएको हो । यस्तै प्रतियोगीतामा धनगढी फारवेष्ट स्कुलले विजयी सुरुवात गरेको छ ।

मंगलवार भएको उद्धघाटन खेलमा धनगढीकै ज्ञान निकेतनलाई ३३ रनले पराजीत गर्दै फारवेष्टले विजयी सुरुवात गरेको हो । टस जितेर व्याटीङ गरेको फारवेष्टले निर्धारीत १० ओभरमा ४ विकेट गुमाउदै ८८ रन बनायो । फारवेष्टका लागी रोहीत गिरीले २३ तथा विकास विष्टले २२ रनको योगदान दिए ।

८९ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको ज्ञान निकेत निर्धारीत १० ओभरमा ६ विकेट गुमाउदै ५५ रनमा समेटीएको हो । प्रतियोगीता अन्तरगत भोली पहिलो खेल ऐश्वर्या विदा निकेत र लिटील फ्लवार, दोश्रो खेल त्रिनगर र एभरेष्ट अत्तरीया तथा तेश्रो खेल आयोजक क्यास्पीयन एकेडेमी र अपि स्कुल विच हुने आयोजक क्यास्पीन एकेडेमीले जनाएको छ ।

८ कक्षा सम्मका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरीने क्यास्पीन कपमा २० वटा धनगढी, अत्तरीया लगायतका क्षेत्रका विद्यालयको सहभागीता रहने आयोजकले जनाएको छ । धनगढी उच्च मावीको खेल मैदानमा हुने प्रतियोगीता नकआउटका आधामारमा सञ्चालन भईरहेको छ । प्रतियोगीताको विजेताले नगद २५ हजार र उप–विजेताले १० हजारसंगै ट्रफी र प्रमाणपत्र पाउने छन् ।

Share.

About Author

Leave A Reply