धनगढीको शिबपुरी धाममा निमार्ण गरिएका धार्मिक संरचनाहरुको पशुपति नाथ मन्दिका मुल पुजारीद्धारा उद्घाटन

0

दीपक जोशी, धनगढी ०३ फागुन ।

धनगढीको शिवपुरी धाममा निमार्ण गरिएका धार्मिक संरचनाहरुको सोमवार उद्घाटन गरिएको छ । उत्तरबेहडी स्थित शिवपुरी धाममा निमार्ण गरिएको १ सय ८ फिट अग्लो शिवलिंग, नेपाल आमाको मुर्ती, १ सय ८ गौमुखी धारा, शुर्य नारायण मन्दिर, शिव कुण्ड, बसाहा र त्रिसुल सहितका धार्मिक संरचनाहरुको पशुपति नाथ मन्दिरका मुल पुजारी रावल गणेश भट्टले एक समारोहका बिच उद्घाटन गर्नुभएको हो ।

धार्मिक संरचना उद्घाटनका अवसरमा हेलिकोप्टरबाट पुष्पबृष्टी गरिएको थियो । करोडौ लगानीमा निमार्ण गरिएका धार्मिक संरचनाहरुको उद्घाटन गरिएपछि अब शिवपुरी धाम सुदूरपश्चिमकै एक प्रमुख धार्मिक पर्यटकिय क्षेत्र बन्ने विस्वास गरिएको छ । पाँच बर्ष अघि सम्म एउटा मात्रै सामान्य खालको शिव मन्दिर रहेको शिवपुरी धाममा करौडो लगानी गरेर निमार्ण गरिएका बिभिन्न धार्मिक संरचनाहरुको शोमवार उद्घाटन गरिएको हो ।

पशुपति नाथ मन्दिरका मुल पुजारी रावल गणेश भट्टले शोमवार आयोजित बिशेष समारोहमा पुजा आजा गर्दै नेपालकै सबैभन्दा ठुलो १ सय ८ फिट अग्लो शिवलिङग, नेपाल आमाको मुर्ती, १ सय ८ गौमुखी धारा, शुर्य नारायण मन्दिर र शिव कुण्ड सहितका धार्मिक संचरनाहरुको उद्घाटन गर्नुभएको हो ।

शिवपुरीलाई धार्मिक पर्यटकिय क्षेत्र बनाउन ब्रम्हनिष्ट स्वामी लोकानन्द जी महाराजको परिकल्पना अनुसार बिभिन्न दानदाताको सहयोगमा निमार्ण गरिएका धार्मिक संचरनाहरुको उद्घाटनका अवसरमा हेलिकोप्टर मार्फत पुष्पबृष्टी गरिएको थियो । सो अवसरमा देशभरीबाट सन्त महन्तहरु शिवपुरी पुगेका थिए ।

दानदाताको करोडौ लगानिमा निमार्ण गरिएका धार्मिक संचरनाहरुले अव शिवपुरीलाई धार्मिक पर्यटकिय क्षेत्रका रुपमा स्थापित गर्ने यसका परिकल्पनाकारको दावी छ । शिवपुरीलाई धार्मिक पर्यटकिय क्षेत्र बनाउन बिभिन्न संचरना निमार्णको परिकल्पना गरेका स्वामी लोकानन्द महाराजको मौनधारणका कारण उहाँको लिखित मन्तब्य सहयोगी टंक प्रसाद पौडेल्ले बाचन गर्नुभएको थियो ।

चार बर्ष अघि धार्मिक मेला लगाएर शिवपुरीमा निमार्ण गरिने धार्मिक संचरनाहरुको लागि व्यवस्थापन समितिले दाताहरुबाट रकम संकलन गर्दै आएको छ । अहिले केहि संचरनाहरु निमार्ण सकेर उद्घाटन भएपनि सुदूरपश्चिमका सबै जिल्ला र नेपालका प्रशिद्ध मन्दिरहरु शिवपुरीमा निमार्ण गर्ने योजना बाँकी नै रहेको व्यवस्थापन समितिले जनाएको छ ।

यसका साथै बहुउदेश्यीक मण्डप सहितको हल लगायतका अन्य संरचनाहरु पनि निमार्णको क्रममा रहेको शिवपुरी धाम व्यवस्थापन समितिका उपाध्यक्ष अनन्तराज जोशीले बताउनुभयो । उद्घाटन समारोहमा धनगढी सहित आसुपासका क्षेत्रबाट ठुलो संख्यामा भक्तजनहरु सहभागी भएका थिए । सो अवसरमा दानदाताहरुलाई पनि सम्मानित गरिएको थियो ।

Share.

About Author

Leave A Reply