अत्तरियामा देशमै सर्वाधीक धनराषीको महिला क्रिकेट हुने

0

नवराज पनेरु,
धनगढी २९ माघ

महिला क्रिकेटको क्षेत्रमा नेपालभरीमै ठुलो पुरुस्कार रासीको महिला टि–२० क्रिकेट प्रतियोगीता अत्तरियामा आयोजना हुने भएको छ । दुईलाख पुरुस्कार रासीको महिला क्रिकेट प्रतियोगिताको अत्तरियाको युनाईटेड अत्तरीया स्पोटर्स क्लवले आयोजन ागर्न लागेको हो । क्लबले, शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगीता बारे जानकारी दिएको हो ।

महिलाहरुको क्रिकेटमा आकर्षण बढाउदै महिलाहरुलाई पनि क्रिकेटमा खुलेर खेल्ने बाताबरण श्रृजना गर्न महिला क्रिकेट प्रतियोगीताको आयोजना गरीने आयोजक युनाईटेड अत्तरीया स्पोर्टस क्लवका अध्यक्ष रवि खनालले बताउनुभयो ।

प्रतियोगीताको विजेताले २ लाख र उप–विजेताले एक लाख नगद सहित ट्रफी र प्रमाण पत्र पप्त गर्ने छन् । यस्तै उत्कृष्ट खेलाडीले २५ हजार, प्रत्येक खेलका प्लेयर अफ द म्याचले ३ हजार, उतकृष्ट व्याट्सम्यान, बलर र विकेट किपरले जनही १० हजार पाउनेछन् । अत्तरीया स्थीत ससस्त्र प्रहरी बलको खेल मैदानमा हुने प्रतियोगीतामा देशभरीका झण्डै ६ देखी ८ वटा क्लवले सहभागीता जनाउने आयोजकको अनुमान छ ।

Share.

About Author

Leave A Reply