बलिउड सिनेमामा कसरी बने विल्सन चाइनिज ? मेकिङ भिडियो हेर्नुहोस्

0

माघ २६ –

कलाकार विल्सनविक्रम राई अहिले बलिउड चलचित्रमा व्यस्त भएका छन् । उनको चलचित्रमा भएको नयाँ रुप केही दिन अघि मात्रै अभिनेत्री आयशा टाकियाले सार्वजनिक गरिदिएकी थिइन् । उनको लुक्स देखेर धेरै अचम्म परेका थिए ।

विल्सन यो सिनेमामा चाइनिजको भूमिकामा छन् । केही समयअघि मात्रै अभिनेत्री आयशा टाकियासँग ढाका टोपी लगाएका केही तस्बिरहरु सेयर गरेर उनले आफू सिनेमामा नेपाली पोशाकमा हुने संकेत दिएका थिए । तर अब उनी चलचित्रमा नेपाली पोशाकमा नहुने पक्का भइसकेको छ ।

चलचित्रमा चाइनिज बनेका विल्सनलाई चाइनिज बन्न त्यति सहज थिएन । उनलाई मेकअप म्यानहरुले धेरै मेहनत गरेपछि त्यो लुक्स दिन सफल भएका थिए । हालै मात्र उनले सबै नेपालीहरुलाई लक्षित गर्दै यसको मेकिङ भिडियो आफ्नै युट्युब च्यानलमा सेयर गरेका छन् । भिडियोमा उनले आफू यतिबेला भारत महाराष्ट्र पुनेमा भएकोसमेत जानकारी दिएका छन् ।

विल्सनले टेलिसिरियल मेरी बास्सैमा तक्मे बुढाको भूमिका निर्वाह गरेपछि नेपाली कलाकारिताको क्षेत्रमा स्थापित हुने अवसर पाएका थिए । उनी आफूलाई माग्ने बुढाले कलाकार बनाएको र भाग्य परिवर्तन गरिदिएको पनि भन्छन् । माग्ने बुढाले दिएको अवसरले उनी अहिले नेपाली सिरियल, चलचित्र हुँदै भारतीय चलचित्रसम्म पुगेका छन् ।

हेर्नुहोस भिडीयो

Share.

About Author

Leave A Reply