डिभोर्सको लफडापछि एक साथ मस्ती गर्दै मलाईका र अरबाज

0

एजेन्सी

सम्बन्ध बिच्छेदको चर्चासँगै मलाईका र अरबाज एक साथ देखिएका छन् । गोवामा पार्टी एन्जोय गर्दै गरेका मलाईका र अरबाजको एक तस्वीर सामाजिक सञ्जालमा फेला परेको छ । जसलाई मलाईकाकी बहिनी अमृताले सेयर गरेकी हुन् ।

अमृताले  सामाजिक सञ्जाल ईन्स्टाग्राममा  गोवामा भएको पार्टीका केही तस्वीरहरु सेयर गरेकी छिन् । जसमध्ये एक तस्वीरमा   अरबाज र मलाईका देखिएका छन् । उक्त तस्वीरमा मलाईकाका आमा बुवा र आफन्तहरुको उपस्थिति देखिन्छ । अरबाज छोरासँग देखिएका छन् भने मलाईका पनि आफन्तको छेऊमा उभिएर पोज दिईरहेकी छिन् ।

02
आईटम गर्ल मलाईका अरोरा खानले श्रीमान् अरबाज खानसँग सम्बन्ध बिच्छेद गर्दा १५ करोड मागेर खान परिवारलाई तनाव भएको खबर केही दिन अघि मात्रै आएको थियो । तर यहि बीच मलाईका र अरबाज एक साथ देखिनुले कतै उनीहरु सम्बन्ध सुधार गर्ने पक्षमा त छैनन् रु भन्नेमा सबैको ध्यान गएको छ ।

http://www.forseenetwork.com/

 

 

Share.

About Author

Leave A Reply